नेप्सेमा एकैदिन ५५.७६ अंकको उछाल, पुनर्बीमा कम्पनी एक्लैको करिब डेढ अर्बको कारोबार

0
Shares

शेयर बजारमा बुधबार एकैदिन ५५.७६ अंकको उच्च सुधार आएको छ । सोमबार ४५ र मंगलबारको ११ अंकको उच्च गिरावटपछि बुधबार एकैदिन दुई दिनको घटे बराबरको बजार बाउन्स ब्याक भएको हो । यसदिनको बजारमा नेपाल पुनर्बिमा कम्पनी एक्लैको करिब डेढ अर्बको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से २.०१ प्रतिशत अर्थात ५५.७६ अंकले बढेर २ हजार ८२७ दशमलव १२ अंकमा पुगेको छ । आज कूल २१९ वटा कम्पनीको २ करोड २६ लाख १३ हजार २९ कित्ता शेयर १ लाख १४ हजार २१६ वटा संख्यामा खरीद बिक्री हुँदा कारोबार रकम ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३५६ रूपैयाँ पुगेको हो ।

सोमबार र मंगलबार नेप्सेसँगै कारोबार रकम क्रमश: ३ र ४ अर्बले घटेपनि बुधबार पुन: मंगलबारको तुलनामा २ अर्ब ७६ करोडले कारोबार रकम बढेको हो ।

बुधबार फेरि शेयर बजारमा वित्त र विकास बैंकतर्फ लगानीकर्ता फर्किएका छन् । कारोबार भएका कूल १३ समूहमध्ये म्युचुअल फण्डको सूचक बाहेक सबै सूचक सकारात्मक भएको छ । वित्तको सूचक ६.१३ प्रतिशतले बढेको यस दिनको बजारमा विकास बैंकको सूचक ६.१३ प्रतिशत, अन्य ५.२४, निर्जीवन बीमा ३.३४ प्रतिशत, होटल तथा टुरिजम्, जलविद्युत, उत्पादन, र जीवन बीमाको सूचक २ प्रतिशत धेरैले बढेको छ ।

नेपाल पुनर्बिमा कम्पनीको उच्च कारोबार

यस दिनको बजारमा नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको ८ लाख २ हजार ८७३ कित्ता शेयर १ अर्ब ३७ करोड ८७ लाख रुपैयाँमा खरीद बिक्री भएको हो ।

निर्धन उत्थान लघुवित्त र तेस्रोमा सानिमा माई हाइड्रोपावरको क्रमशः ३३ करोड ४५ लाख र ३२ करोड १८ लाखको कारोबार भएको छ ।

लुम्बिनी विकास बैंक, ज्योति विकास बैंक, एशियन लाइफ, शिखर इन्सयोरेन्स, मञ्जुश्री फाइनान्स, राधी विद्युत कम्पनी, र गरिमा विकास बैंकको शीर्ष दश ठूलो कारोबार भएको छ । यी कम्पनीको १६ करोडदेखि ३० करोडको बीचमा शेयर कारोबारमा आएको छ ।

Symbol Turnover Closing Price
As of 2021-06-02 15:00:00
NRIC 1,378,790,622.00 1,790.00
NUBL 334,584,840.00 1,675.00
SHPC 321,963,331.00 506.00
LBBL 297,939,503.00 476.00
JBBL 230,122,672.00 400.00
ALICL 217,811,127.00 1,520.00
SICL 209,224,607.00 2,148.00
MFIL 172,692,669.00 750.00
RADHI 170,291,455.00 1,206.00
GBBL 164,518,661.00 463.00

एक दर्जन बढी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

बुधबार १४ कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ ।

यसदिनको बजारमा सानिमा माइ हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी, पोखरा फाइनान्स, मञ्जुश्री फाइनान्स, समृद्धि फाइनान्स, लुम्बिनी विकास बैंक, जानकी फाइनान्स, गुहेश्वरी मर्चेन्ट फाइनान्स, आइसीएफसी फाइनान्स, श्री इन्भेष्ट फाइनान्स, नेपाल पुनर्बिमा कम्पनी, युनियन हाइड्रोपावर र रिलायन्स फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यसैगरी गुडविल फाइनान्स, सेन्ट्रल फाइनान्स, बेष्ट फाइनान्स, गोर्खाज फाइनान्स, मेरो माइक्रोफाइनान्स र समांग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि ८ प्रतिशत धेरैले बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-06-02 15:00:00
SHPC 506.00 46.00 10.00
RBCL 23,594.00 2,144.00 10.00
SFCL 375.00 34.00 9.97
MFIL 750.00 68.00 9.97
PFL 430.00 39.00 9.97
LBBL 476.00 43.00 9.93
JFL 388.00 35.00 9.92
GMFIL 413.00 37.00 9.84
ICFC 458.00 41.00 9.83
SIFC 380.00 34.00 9.83

राधी विद्युतको शेयरमूल्य सबैभन्दा धेरै घट्यो

बुधबार राधी विद्युतको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । बोनस शेयरपछि कायम चुक्ता पूँजीको १४७ प्रतिशत हकप्रद जारी गर्ने निर्णयपछि सर्किट लेबलमा बढेको कम्पनीको मूल्य बुधबार भने ७.२३ प्रतिशतले घटेको हो ।

यसदिन विशाल बजार कम्पनीको शेयर लगानीकर्ताले १.६७ प्रतिशतले गुमाएका छन् । एनबिबिएल डिबेञ्चर, सिटिजन्स म्युचुअल फण्ड २, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २, प्रभु बैंक डिबेञ्चर, सनराइज बैंक डिबेञ्र र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य पनि १ प्रतिशत धेरैले घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-06-02 15:00:00
RADHI 1,206.00 -94.00 -7.23
NBBD2085 1,051.00 -19.00 -1.78
BBC 6,706.00 -114.00 -1.67
CMF2 12.20 -0.20 -1.61
SIGS2 13.39 -0.21 -1.54
PBLD86 1,056.00 -16.00 -1.49
SRD80 1,040.00 -15.00 -1.42
EICPO 376.00 -5.00 -1.31
SRBLD83 1,052.00 -13.00 -1.22
CORBL 722.00 -8.00 -1.10

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०७८, बुधबार  १५ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।