
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ३१६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४ हजार ५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये सक्रिय संक्रमित १ लाख १ हजार जना रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १०१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिड संक्रमणका कारण नेपालमा हालसम्म ७ हजार ५५५ जनाले मृत्युवरण गरेका छन् ।
त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा ९६९ जना भक्तपुरमा १८१ जना र ललितपुरमा ३०६ जना गरी उपत्यकामा कूल १ हजार ४५६ जना संक्रमित भेटिएका हुन् ।
पछिल्लो २४ घण्टामा ७ हजार २१९ जना संक्रमण मुक्त बनेका छन् । हालसम्म कोरोना संक्रमितमध्ये ८० प्रतिशत संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया