चिनियाँ खोप सिनोभ्याक्सलाई विश्व स्वास्थ्य संगठनद्धारा आकस्मिक प्रयोगका लागि मान्यता

0
Shares

चिनियाँ खोप सिनोभ्याक्सलाई विश्व स्वास्थ्य संगठनले आकस्मिक प्रयोगका लागि मान्यता दिएको छ । विश्व स्वास्थ्य संगठनले मंगलबार सो खोपलाई मान्यता दिएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ।
 
सो खोप चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेक कम्पनीले उत्पादन गरको हो । सो खोपलाई मान्यता दिनका लागि चीनले निकै लामो समयदेखि माग गरिरहेको थियो । सो खोपलाई मंगलबार विश्व स्वास्थ्य संगठनले मान्यता दिएको बताइएको छ ।
 
विश्व स्वास्थ्य संगठनले उक्त कम्पनीको चिनियाँ खोपलाई १८ वर्ष उमेरका र सो भन्दामाथिको उमेरका व्यक्तिलाई लगाउन पाइने गरी अनुमति पनि दिएको छ । सो खोप १८ वर्षभन्दा माथिका व्यक्ति र सोभन्दा माथिकालाई दिन मिल्ने र दुई डोज दिनुपर्ने गरी विश्व स्वास्थ्य संगठनले अनुमति दिएको बताइएको छ ।   
 
साथै विश्व स्वास्थ्य संगठनले प्रकाशन गरेको विज्ञप्तिमा उक्त खोप पहिलो पटक लगाउने र दोस्रो पटक लगाउने अवधि दुईदेखि चार हप्तासम्मको हुनुपर्ने पनि जनाएको छ । अठार वर्ष र सोभन्दा बढी उमेरका व्यक्तिले यो चिनियाँ सिनोभ्याक लगाएका र उनीहरुमा त्यस्तो कुनै नराम्रो असर नदेखिएको पाइएको पनि सो विज्ञप्तिमा जनाइएको छ ।
 
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
 

प्रकाशित मिति: १९ जेष्ठ २०७८, बुधबार  १८ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।