नेपाल प्रहरीले लागुऔषध तथा नगद सहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले नदवलपरासीको मध्यबिन्दु नगरपालिका–१० बस्ने ३४ वर्षीय राकेश पाण्डे र सोही ठाउँ बस्ने २६ वर्षीय विशाल पाण्डेलाई बुधबार साँझ पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुलाई मध्यबिन्दु नगरपालिका–१० स्थित सडकबाट नियन्त्रित लागूऔषध सहित पक्राउ गरेको हो ।
जसमा नाईट्रोभेट ३ सय ट्याब्लेट, स्पास्मो ३ सय ९३ क्याप्सुल, डाईजेपाम १० एम्पुल, फेनरागन १० एम्पुल, नुफिन १० एम्पुल र नगद ४८ हजार ८२ रुपैयाँ रहेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया