सिटिजन्स लाइफ इन्स्योरेन्सका बीमितले अनलाइन मार्फत दाबी गर्न सक्ने

0
Shares

अब सिटिजन्स लाइफ इन्स्योरेन्सका बीमितले अनलाइन मार्फत भुक्तानीका लागि दाबी गर्न सक्ने भएका छन् ।

कोरोना भाइरसका कारण उत्पन्न बिषम परिस्थितिमा सेवाग्राहीको सुरक्षा र सेवालाई ध्यानमा राख्दै कम्पनीले ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत अनलाइन बीमा दाबी सेवा शुरु गरेसँगै बीमितले उक्त सेवा पाउने भएका हुन् ।

सेवाग्राही र बीमितले बीमा दावी गर्नको लागी कम्पनीको कार्यालयमा गइराख्नु पर्दैन । इन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनि बीमा दावी प्रकृया पुरा गर्न सक्नेछन् ।

कम्पनीको वेबसाईटमा रहेको अभिकर्ताको पोर्टल खोली अनलाईनबाट दाबी सम्वन्धि आवश्यक कागज पत्र अपलोड गरी सजिलै दाबी प्रकृया अगाडि बढाउन सक्नेछन् ।

सबै कुरा अटोमेटिक सिस्टममा अद्यावधिक हुने हुनाले यो सेवाले समयको बचत हुनुका साथै दाबीसँग सम्बन्धित विवरण पेश गर्ने प्रकृया चाँडो हुने र जसले गर्दा बीमा दाबी भुक्तानी कार्य सहज हुने विश्वास कम्पनीले लिएको छ ।

डिजिटल अभियान अन्तर्गत कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले जानकारी दिए ।

कम्पनीले ग्राहक तथा अभिकर्ताले कम्पनीसँगको कारोवार तथा विवरण आफैले हेर्न मिल्ने पोर्टलसमेत प्रचलनमा ल्याएको छ ।

कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी घरमै बसेर बीमाशुल्क तिर्न सकिने व्यवस्थाको लागि इ९सेवा, फोन पे, कनेक्ट आइपीएसलगायतका डिजिटल बैकिङ सुविधा र कम्पनीको बैंक खाताहरु उपलव्ध गराउँदै आएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० जेष्ठ २०७८, बिहिबार  १४ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।