नेप्से सूचकको रेकर्ड एक सातामै तोडियो, कारोबारमा पनि उल्लेख्य वृद्धि

0
Shares

शेयर बजार मापक सूचकमा आइतबार कायम भएको सबैभन्दा उच्च अंकको रेकर्ड एक साता अवधिमा नै तोडिएको छ । जेठ ९ गते आइतबार २७९३.९० अंकमा कायम भएको नेप्सेको रेकर्ड बिहीबार २८५६.७७ अंकमा पुगेको हो ।

नेप्से सूचकमा नयाँ रेकर्ड कायम भएसँगै बिहीबार कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । यसदिनको बजारमा १६ अर्ब ९० करोड ७० लाख २० हजार २८६ रुपैयाँको शेयर कारोबार भएको छ । आजको बजारमा कुल २१८ कम्पनीका ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता शेयर १ लाख ५५ हजार ६५५ पटकको कारोबारमा खरीद बिक्री भएका छन् ।

यसअघि जेठ १० गते सोमबार १७ अर्ब २ करोडको शेयर कारोबार हुँदै कारोबार रकमका आधारमा रेकर्ड कायम बनेको थियो ।

बिहीबारको कारोबार दोस्रो ठूलो तथा गत सोमबारको भन्दा रकम करिब १२ करोड रुपैयाँ मात्र कम हो । यो रकम बुधबारको तुलनामा ५ अर्ब ५५ करोड रुपैयाँ बढी हो ।

बिहीबार जलविद्युत कम्पनीको शेयर बिक्री गरी लगानीकर्ता बैंकिङ्ग स्टकमा प्रवेश गरेका छन् । विकास बैंक, फाइनान्स र होटलमा वृद्धि कायम नै देखिएको छ । यी तीनवटै समुहको इन्डेक्स साढे ३ प्रतिशत हाराहारीमा बढेका छन् । जलविद्युतको सूचक २ प्रतिशतले घट्दा ब्यापार, निर्जीवन बीमा र अन्यको सूचक पनि सामान्य अंकले ऋणात्मक बनेको छ ।

  • नेपाल पुनर्बिमा कम्पनीको उच्च कारोबार

यस दिनको बजारमा नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको १ अर्ब २ करोड ७० लाख रुपैयाँको शेयर खरीद बिक्री भएको हो ।

यस्तै छिमेक लघुवित्तको ६८ करोड १६ लाख र लुम्बिनी विकास बैंकको ३५ करोड ५ लाखको कारोबार भएको छ । नेपाल बंगलादेश बैंक, निफ्रा, शिवम् सिमेन्टस्, सानिमा माइ हाइड्रोपावर, ज्योति विकास बैंक, मेगा बै.कर कुमारी बैंकको पनि शीर्ष दश ठूलो कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको कुमारी बैंकको २८ करोड ४६ लाखको शेयर कारोबारमा आयो ।

Symbol Turnover Closing Price
As of 2021-06-03 15:00:00
NRIC 1,027,027,287.00 1,765.00
CBBL 681,650,159.00 1,784.00
LBBL 350,592,602.00 496.00
NBB 332,270,736.00 397.00
NIFRA 331,386,774.00 533.00
SHIVM 325,008,732.00 1,545.00
SHPC 299,615,858.00 507.00
JBBL 298,210,329.00 410.00
MEGA 290,601,507.00 345.00
KBL 284,661,375.00 352.00
  • चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

बिहीबारको बजारमा मन्जुश्री फाइनान्स, महिला लघुवित्त, गोर्खाज फाइनान्स र ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यी चार कम्पनीको शेयरमूल्य ९.५५ प्रतिशतले बढेको हो ।

यसैगरी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ७.९५ प्रतिशत, लक्ष्मी बैंक ७.७४, सप्तकोशी डेभलपमेनट बैंक ७.६०, सिटिजन बैक इन्टरनेशनलको ७.५४, मितेरी डेभलपमेन्ट बैंकको ६.३४ र माछापुच्छ्र्रे बैंकको शेयरमूल्य ६.३२ प्रतिशतले बढोत्तरी भएको छ ।

Symbol LTP Point Change % Change
As of 2021-06-03 15:00:00
MLBSL 4,752.00 432.00 10.00
MFIL 825.00 75.00 10.00
GUFL 1,020.00 90.00 9.68
GRDBL 344.00 30.00 9.55
SHINE 421.00 31.00 7.95
LBL 362.00 26.00 7.74
SAPDBL 354.00 25.00 7.60
CZBIL 372.00 26.00 7.54
MDB 537.00 32.00 6.34
MBL 370.00 22.00 6.32
  • पञ्चकन्या र राधीको शेयर लगानीकर्ताले धेरै गुमाए

यसदिनको बजारमा पञ्चकन्या माई हाइड्रोपावर र राधी विद्युत कम्पनीको शेयरमा लगानी गरेकाले धेरै गुमाएका छन् । यी कम्पनीको मुल्य क्रमश ५.९२ प्रतिशत र ५.०६ प्रतिशतले घटेको छ ।

यसैगरी बरुण हाइड्रोपावरको ४.८८, घलेम्दी हाइड्रोपावर ४.४१, नारायणी डेभलपमेन्ट बैंक ४.३५, कालिका पावर कम्पनी ४.०८, अपि पावर कम्पनी ३.९९, यूनिर्भसल पावर कम्पनी ३.७५, हिमालयन पावर पार्टनर ३.७०, लिवर्टी इनर्जी कम्पनीको मूल्य ३.६८ प्रतिशतले घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-06-03 15:00:00
PMHPL 286.00 -18.00 -5.92
RADHI 1,145.00 -61.00 -5.06
BARUN 429.00 -22.00 -4.88
GHL 260.00 -12.00 -4.41
NABBC 770.00 -35.00 -4.35
KPCL 447.00 -19.00 -4.08
API 361.00 -15.00 -3.99
UPCL 282.00 -11.00 -3.75
HPPL 416.00 -16.00 -3.70
LEC 366.00 -14.00 -3.68

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० जेष्ठ २०७८, बिहिबार  १५ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।