
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८२५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५ हजार ८२५ जना र एन्टिजेन विधिबाट १००० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये सक्रिय संक्रमित १ लाख १ हजार ८३९ जना रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिड संक्रमणका कारण नेपालमा हालसम्म ७ हजार ६३० जनाले मृत्युवरण गरेका छन् ।
त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा १ हजार ६३० जना, भक्तपुरमा १२९ जना र ललितपुरमा २९८ जना गरी उपत्यकामा कूल २ हजार ५७ जना संक्रमित भेटिएका हुन् ।
पछिल्लो २४ घण्टामा ५ हजार ९०४ जना संक्रमण मुक्त बनेका छन् । हालसम्म कोरोना संक्रमितमध्ये ८१ प्रतिशत संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ४ लाख ६७ हजार ४७६ जनाले कोभिड परास्त गरी निको भएका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया