
यस साताको सुरुदेखि नै निरन्तर उकालो लागेको सुनचाँदीको भाउमा शुक्रबार उच्च गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलाको १ हजार ५०० रुपैयाँ र चाँदीको भाउ ३५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९३ हजार ४०० रुपैयाँ, तेजावी ९२ हजार ९०० रुपैयाँ र चाँदीको भाउ १ हजार ३४० रुपैयाँ कायम गरिएको छ ।
बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँ तेजावी ९४ हजार ४०० रुपैयाँ र चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।
बुधबारको तुलनामा बिहीबार सुन तोलाको ४०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया