शुक्रबार ६ हजार ६५३ जना कोरोना संक्रमित थपिए, १०१ को मृत्यु

0
Shares

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ६५३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार १८२ पीसीआर परीक्षणमा ४ हजार ६२४ जना र ६ हजार ६३१ एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ ।

हाल सक्रिय संक्रमित ९७ हजार ६९९ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ६ हजार ८०७, घरमै उपचाररत ९० हजार ८९२ आईसीयुमा १ हजार ४२२ जना र भेन्टिलेटरमा ४०४ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १०१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिड संक्रमणका कारण नेपालमा हालसम्म ७ हजार ७३१ जनाले मृत्युवरण गरेका छन् ।

त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा ८९७ जना, भक्तपुरमा १८८ जना र ललितपुरमा २९९ जना गरी उपत्यकामा कूल १ हजार ३८४ जना संक्रमित भेटिएका हुन् ।

काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २३ हजार ६२४ रहेको छ । काठमाडौंमा १३ हजार ९६७ जना, भक्तपुरमा ४ हजार ०४८ जना र ललितपुरमा ५ हजार ६०९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । काठमाण्डौंका सक्रिय संक्रमितमध्ये काठमाडौँमा कोभिडका बिरामी आईसीयुमा ४२४ जना, भेन्टिलेटरमा १६८ जना, एचडीयुर जेनेरलमा १ हजार ३६४ जना उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८ हजार ६६३ जना संक्रमण मुक्त बनेका छन् । यो सँगै नेपालमा हालसम्म ४ लाख ७६ हजार १३० जनाले कोभिड परास्त गरी निको भएका छन् । हालसम्म कोरोना संक्रमितमध्ये ८१.९० प्रतिशत संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०७८, शुक्रबार  १७ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।