
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टी आठ लिएर ओली नेतृत्वको सरकारमा सहभागि भएका हो । जसपाबाट उपप्रधानमन्त्री सहित राजेन्द्र महतोको नेतृत्वमा जनता समाजवादी पार्टी संघीय सरकारमा गएको हो ।
ओली सरकारमा समाजवादी पार्टीका तर्फबाट उपप्रधान सहित राजेन्द्र महतोले शहरी विकास मन्त्रालय सम्हाल्ने भएका छन् । यसैगरी उर्जा जसस्रोत तथा सिँचाइमा शरतसिंह भण्डारी र श्रम तथा रोजगारमा विमल श्रीवास्तव जाने भएका छन् ।
यसैगरी भूमि व्यवस्था तथा सहकारीमा लक्ष्मणलाल कर्ण, खानेपानी मन्त्रालयमा अनिल झा, महिला बालबालिका मन्त्रीमा चन्दा चौधरी, युवा तथा खेलकुद मन्त्रालयमा एकवाल मियाँ र वन तथा वातावरण मन्त्रालयमा उमाशंकर अरगरिया सहभागि हुने भएका हुन् ।
चन्द्रकान्त चौधरी ऊर्जा र रेनुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री चयन भएकी छिन् । श्रम तथा रोजगारमन्त्री विमल श्रीवास्तवले साँझ ८ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको जानकारी दिए । महन्थ ठाकुर पक्षबाट ८ जना मन्त्री र दुईजना राज्यमन्त्रीले आजै साँझ सपथ लिदँदैछन् ।
यसैगरी एमालबोट सरकारमा सहभागि रहेका केही अनुहार समेत हेरफेर हुने भएको छ । जसअनुसार राजेन्द्र महतोसँगै हालका अर्थमन्त्री बिष्णु पौडेल, रघुवीर महासेठ उपप्रधानमन्त्री बन्ने भएका छन् ।
अहिलेका उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली मन्त्रिपरिषद् पुनर्गठन गर्दा बाहिरिने भएका छन् । एमालेका रघुबीर महासेठले परराष्ट्र मन्त्रालयको जिम्मावारी सम्हाल्ने भएका छन् ।
जसपाबाट ओली सरकारमा सहभागि मन्त्रीहरुको सूची यस्ता छन् :-
१. राजेन्द्र महतोः उपप्रधानमन्त्री तथा सहरी विकास
२. शरतसिंह भण्डारीः ऊर्जा जसस्रोत तथा सिँचाइ
३. अनिल झाः खानेपानी तथा सरसफाई
४. लक्ष्मणलाल कर्णः भूमि व्यवस्था तथा सहकारी
५. बिमल श्रीवास्तवः श्रम तथा रोजगार
६. उमाशंकर अरगरियाः वन तथा वातावरण
७. चन्दा चौधरीः महिला तथा बालबालिका
८. एकबाल मियांः युवा तथा खेलकूद
९. चन्द्रकान्त चौधरीः ऊर्जा राज्यमन्त्री
१०. रेनुका गुरुङः महिला बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री
एमालबोट सरकारमा सहभागि मन्त्रीहरुको सूची:-
१. रघुबीर महासेठ: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री
२.बिष्णु पौडेल: उपप्रधानमन्त्री तथा अर्थमन्त्री
३. स्वास्थ्य तथा जनसंख्यामन्त्री: शेरबहादुर तामाङ
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया