
नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुई अस्पताललाई अक्सिजन प्लान्ट स्थापना र एचडियु जडानका लागि २ करोड ३० लाख रुपैयाँ स्वीकृत गरेका छन् ।
शुक्रबार उपप्रधानमन्त्री सहित पुनः अर्थ मन्त्रालयमा पदबहाली भएका पौडेलले सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र एचडियु जडान तथा रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने सहमति दिने सम्बन्धी निर्णयलाई स्वीकृत गरेका हुन् । जसमा सल्यान अस्पताललाई १ करोड ५५ लाख र रोल्पा अस्पतालका लागि ७५ लाख रुपैयाँ रहेको छ ।
अर्थ मन्त्रालयमा पदबहाली पछि कुरा गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड-१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारले सबै सामर्थ्य लगाउने उल्लेख गरे । अर्थमन्त्री पौडेलले आमनागरिकलाई कोभिड-१९ विरुद्धको खोप सुनिश्चित गर्न आफू केन्द्रित हुने बताए ।
उनले कोभिड-१९ ले सिर्जना गरेको प्रतिकूलतालाई हटाउँदै आर्थिक पुनरुत्थान र पूर्व निर्धारित समयमा निर्वाचन गराउन अभिभारालाई पूरा गर्ने बताएका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया