अमेरिकाद्वारा लगानी बिस्तार गर्न प्रतिबन्ध लगाइएका चिनियाँ फर्महरूको सूची विस्तार

0
Shares

अमेरिकी राष्ट्रपति जो बाइडेनले दर्जनौँ चिनियाँ प्रबिधि तथा रक्षा कम्पनीले सैन्य सम्बन्ध र लगानी बिस्तार गर्न रोक लगाइएको बिहीबार घोषणा गरेका छन् । बाइडेन प्रशासनले लिएको पछिल्लो कदमले उनी चीनप्रति नरम बन्नसक्ने अनुमानहरूलाई खारेज गरिदिएको छ । 
 
राष्ट्रपतिले गरेको पछिल्लो निर्देशनको उद्देश्य अघिल्लो वर्ष आफ्नो पूर्ववर्ती डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको चीनसम्बन्धी निर्णयलाई सुदृढ पार्ने लक्ष्य राखेको देखिएको छ । 
चिनियाँ कम्पनीहरूको सुरक्षा र निगरानीमा जोडिएका प्राबिधिक फर्म तथा कम्पनीको लगानीमाथिको नियन्त्रणलाई सुदृढ पार्दै आफ्नो मुलुकको सुरक्षालाई अघि बढाउने छ ।
 
“प्रतिबन्ध बिस्तार गर्नुको उद्देश्य चिनियाँ कम्पनीहरूमा भएको अमेरिकी लगानीले अमेरिका तथा उसका सहयोगी राष्ट्रहरूको सुरक्षा तथा मुल्य मान्यतालाई बेवास्ता नगरून् भन्ने रहेको छ,” निर्देशनमा भनिएको छ । 
 
संशोधित सूचीमा वाशिङ्टनले धार्मिक र जातीय अल्पसंख्यकहरूको निगरानी वा दमन र गम्भीर मानव अधिकार उल्लङ्घनमा योगदान पु¥याउने कम्पनीहरू समावेश गरेको बताइएको छ । 
 
विस्तारित सूचीमा अमेरिकी प्रविधि र लगानीमा पहुँच सीमित गरेको दावी गरिएका धेरै कम्पनीहरू पहिले नै अमेरिकी रक्षा मन्त्रालयको कालोसूचीमा थिए ।  चिनियाँ प्राविधि कम्पनी हुवावे, नेशनल अफसोर आयल कम्पनीलगायतका ३१ कम्पनीहरूको प्रतिबन्धलाई अमेरिकाले ५९ पु¥याएको छ ।
 
बेइजिङको यस सम्बन्धमा तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन । यद्यपि चिनियाँ अधिकारीहरूले व्यक्त गरेका अनौपचारिक भनाइहरूमा अमेरिकालाई राष्ट्रिय सुरक्षाको अवधारणा विकृत पार्ने र राज्यशक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् । बेइजिङले चिनियाँ उद्यमहरूको अधिकार र हितको रक्षा गर्न अनिर्दिष्ट आवश्यक कदम बेइजिङले चाल्नुपर्ने धारणा उनीहरूले राखेका छन् ।  
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०७८, शनिबार  ०७ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।