जारी निषेधाज्ञाबीच सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

0
Shares

डेढ महिना लामो निषेधाज्ञाका कारण आम्दानीको बाटो सुकेर दैनिक छाक टार्न मुस्किल परेका उपभोक्ताको ढाड सेकिने गरी सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । 

नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य प्रतिलिटर २/२ रूपैयाँले वृद्धि गरेको हो । जारी निषेधाज्ञाबीच यसअघि निगमले जेठ २ गते मात्रै पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य प्रतिलिटर २/२ रूपैयाँले मूल्य बढाएको थियो । जारी निषेधाज्ञाबीच १६ दिनमा नै मूल्य बढाइएको हो ।

नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १२५ रूपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०८ रूपैयाँ पुगेको छ । हवाइ इन्धन आन्तरिकतर्फको नयाँ मूल्य प्रतिलिटर ८० रूपैयाँ तोकिएको छ ।

नेपाल आयल निगमले कोरोनाका कारण उपभोग कम भैरहेको भएपनि इडिन्यन आयल निगमबाट मूल्य बढेर निगमलाई १५ दिनमै १ अर्ब १० करोड घाटा हुने अवस्था आएपछि मूल्य वृद्धि गर्नुपरेको जनाएको छ । जेठ १८ गतेको मूल्य अनुसार पनि निगमलाई १५ दिनमा ९३ करोड नोक्सानी रहेको निगमले जनाएको छ ।

मूल्यवृद्धि पश्चात पनि निगमलाई पेट्रोलमा ५.३२ रुपैयाँ, डिजेलमा ३.१७ रुपैयाँ र एलपिजी ग्याँसमा २५८.४६ रुपैयाँ गरी १५ दिनमा ५९ करोड २८ लाख घाटा छ जसमध्ये ग्यासमा मात्रै निगमलाई १५ दिनमा ३८ करोड । डिजेलमा १८ करोड रूपैयाँ घाटा हुने देखिन्छ । यसलाई मूल्य स्थीरिकरण कोष तथा निगमको सञ्चित नाफाबाट ब्यहोरिने उल्लेख छ ।

अन्तराष्टिय बजारमा निरन्तर बढिरहेको कच्चा तेलको मूल्य एवं अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ अवमूल्यन हुनेक्रम जारी रहे आगामी दिनमा पनि भाउ बढाउनुपर्ने बाध्यता रहेको निगमको भनाई छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २२ जेष्ठ २०७८, शनिबार  २० : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।