नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य फेरि बढाएको छ । निगमले शनिबार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर २–२ रूपैयाँ बढाएको हो ।
निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय २५ रूपैयाँ पर्नेछ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ८ रूपैयाँ पुगेको छ ।
हवाइ इन्धन आन्तरिकतर्फको नयाँ मूल्य प्रतिलिटर ८० रूपैयाँ कायम भएको छ । १५ दिनमै १ अर्ब १० करोड घाटा हुने भएपछि निगमले तेलको मूल्य बढाएको हो । मूल्यवृद्धि पश्चात निगमको घाटा १५ दिनमा करिब ५९ करोड २८ लाख छ जसमध्ये ग्यासमा मात्रै निगमलाई १५ दिनमा ३८ करोड रूपैयाँ घाटा हुने देखिन्छ ।
बढिरहेको कच्चा तेलको मूल्य एंवम अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ अवमूल्यन हुनेक्रम जारी रहे आगामी दिनमा पनि भाउ बढाउनुपर्ने बाध्यता रहेको निगमको भनाई छ ।










प्रतिक्रिया