
पछिल्लो २४ घण्टामा कोरोनाबाट सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या बढी भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल १६ हजार ८१४ नमूना परीक्षण गरिएकामा पाँच हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यसैगरी निको हुनेको सङख्या आठ हजार २४३ छ । यस आधारमा क्रमशः निको हुनेको संख्यामा बढोत्तरी भएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा पिसिआर बिधिबाट ११ हजार ४७१ र इन्टिजेन बिधिबाट पाँच हजार ३४३ नमूना परीक्षण गरिएको थियो । यस्तै, नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनसहित ६८ जनाको निधन भएको छ । हालसम्म कूल सात हजार ७९९ जनाको कोरोनाबाट दुःखद निधन भएको छ ।
हालसम्म काूल पाँच लाख ८५ हजार १०० कोरोना सङ्क्रमित भएकामा चार लाख ८४ हजार ३७३ जना निको भएका छन् । यस आधारमा कूल निको हुने दर ८२।८ प्रतिशत रहेको छ ।
काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १३ हजार १५९ सक्रिय सङ्क्रमित छन् । एक लाख ७८ हजार ६६२ जना निको भएका छन् भने एक हजार ६७६ जनाको निधन भएको छ । यस्तै, भक्तपुरमा तीन हजार ७६७ जना सक्रिय सङ्क्रमित छन् भने १६ हजार ५९४ जना निको हुँदा ३३४ जनाको ज्यान गएको छ ।
ललितपुरमा पाँच हजार ११८ जना सक्रिय सङ्क्रमित रहँदा २९ हजाार ६६ जना निको भइसकेका छन् । कोरोनाबाट जिल्लामा ४७४ जनाको ज्यान गएको छ ।
कोरोना रोकथाम र नियन्त्रणमा सरकार जिम्मेवार बनेन: काँग्रेस
नेपाली काँग्रेसले कोरोना रोकथाम र नियन्त्रणमा सरकार जिम्मेवार बन्न नसकेको आरोप लगाएको छ ।
काँग्रेस काठमाडौँस्थित जिल्ला सम्पर्क समितिद्धारा आज यहाँ आयोजित ‘वर्तमान सङ्कटमा काँग्रेसको भूमिका’ विषयक भर्चुअल सम्वाद कार्यक्रममा बोल्ने सबैजसो सदस्यल सरकार कोरोना रोकथाम र नियन्त्रणमा सरकार असफल भएको बताए ।
काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कोरोनाको नियन्त्रणमा सरकारले पूर्वतयारी गर्न नसक्दा भयावह अवस्था आएको आरोप लगाए भने अर्का केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद वडुले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकार जिम्मेवार बन्न नसकेको उल्लेख गरे ।
‘वर्तमान सङ्कटमा काँग्रेसको भूमिका’ विषयक भर्चुअल सम्वाद कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीले क्रियाशील सदस्यतालाई चाँडो टुङ्ग्याएर १४ औँ महाधिवेशन गर्नुपर्ने बताए ।
उनले अब पार्टीका सबैतहले महाधिवेशनमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ बताए । “आठ लाख हाराहारीमा क्रियाशिल सदस्यता पार्टी केन्द्रीय कार्यालयमा दर्ता भइसकेको छ, दर्ता हुन बाँकी रहेका क्रियाशिल सदस्यता पनि चाँडो टुङ्ग्याएर समयमा नै महाधिवेशन गर्नुपर्छ,” उनले भने । पूर्व उपप्रधानमन्त्री निधिले काँग्रेसले संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्रीमा दावी गरेको बताए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया