सनराइज बैंकको २ लाख ८३ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै खेतान 

0
Shares

सनराइज बैंकको २ लाख ८३ हजार ७ सय ८६ कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । बैंकका संस्थापक शेयरधनी श्याम सुन्दर खेतानले उनको नाममा रहेको उक्त परिमाणको शेयर बिक्री गर्ने भएका हुन ।
 
बैंकले आइतबार प्रकाशित गरेको सूचना अनुसार सो संस्थापक शेयरको न्यूनतम मूलय प्रतिकित्ता १ सय ४० रुपैयाँ तोकिएको छ ।
 
बैंकको संस्थापक शेयर खरिद गर्न चाहने बैंकका लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिन भित्र निवेदन पेश गर्न गर्न बैंकले आग्रह गरेको छ ।उक्त शेयर खरिदका लागि बैंकका संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन पाउने बैंकले जनाएको छ । 
 
आवेदन बैंकको प्रधान कार्यलय ,गौह्रिधाराको शेयर रजिष्ट्रार विभागमा लिखित निवेदन पेश गर्न अनुरोध गरेको छ।
 
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०७८, आइतबार  ०८ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।