कोरोना भाइरस संक्रमित भन्दा संक्रमण मुक्त हुनेको संख्या धेरै

0
Shares

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित भन्दा निको हुनेको संख्या बढेको छ ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ६३६ जना संक्रमण मुक्त बनेका छन् भने कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ४७९ जना रहेका छन् । संक्रमण पुष्टि हुनेको संख्या निको हुनेको झण्डै आधा कम हो ।

पछिल्लो समय कोरोना भाइरस संक्रमण निको हुने दर बढेर ८३.५० प्रतिशत पुगेको छ हालसम्म ४ लाख ९१ ह्जार ९ जनाले कोरोना संक्रमण परास्त गरी निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४७१ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार २४ जनामा तथा ३ हजार २६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण ७ हजार ८९८ जनाको मृत्यु भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०७८, आइतबार  १७ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।