इमर्जिङ नेपालको आईपीओलाई ‘डबल बी प्लस’ रेटिङ

0
Shares

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इमर्जिङ नेपाल लिमिटेडको प्राथमिक शेयर (आइपीओलाई) ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी प्लस’ रेटिङ दिएको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि रेटिङ गराएको हो ।

इक्राले दिएको डबल बी प्लस रेटिङ प्राप्त संस्थाले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी रायमात्र हो र यो कुनै खास ऋणपत्र विशेषको राय भने होइन । ऋणपत्रको रेटिङले कम्पनीको कुनै धितोपत्र खरीद, बिक्री वा स्वामित्वमा राख्न सिफारिस गरेको जनाउँदैन। साथै, यो कुनै मूल्य निर्धारण वा सूचीकृत मूल्य बारेको टिप्पणी पनि होइन ।

रेटिङ वर्ग ‘एए’ देखि ‘सी’ सम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइन (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ । यसको अर्थ बीबीब प्लसको स्थिति बीबीबीभन्दा एक चिह्नमाथि रहन्छ । जब कि बीबीबी माइनसको स्थिति बीबीबीभन्दा एक चिन्ह तल रहन्छ ।

इमर्जिङ नेपालले प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन माग गरिसकेको थियो । तर आवेदन माग गरेको लामो समयसम्म आवश्यक कागजपत्रहरु उपलब्ध नगराएपछि बोर्डले उसको आईपीओ आवेदन खारेज गरेको थियो । कम्पनी अब पुनः आईपीओ जारी गर्ने अनुमति माग्न जाने तयारीमा लागेको छ ।

इमर्जिङ नेपाल लिमिटेड नेपाल सरकारको समेत लगानी रहेको यस इमर्जिङ नेपाल सार्वजनिक–निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो ।

कम्पनीले एनआइसी एसिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०७८, आइतबार  १८ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।