एघार महिनामा १४ कम्पनीले सर्वसाधारणबाट संकलन गरे साढे १३ अर्ब रुपैयाँ

0
Shares

चालु आर्थिक वर्ष २०७७/७८ को एघार महिना अर्थात जेठसम्मको अवधिमा १४ कम्पनीहरुले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ ) बिक्री गरी साढे १३ अर्ब रुपैयाँ संकलन गरेका छन् ।

पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट २०७७ साउनदेखि २०७८ जेठसम्म बिक्री अनुमति लिएर यी कम्पनीले सर्वसाधारणमा शेयर बिक्री गरेका हुन् ।

समीक्षा अवधिमा पाँच वटा इन्स्योरेन्स कम्पनी, चार हाइड्रोपावर कम्पनी, दुई लघुवित्त, दुई अन्य र एक बैंकिङ्ग सेक्टरको कम्पनीले सर्वसाधारणमा शेयर जारी गरेका हुन् ।

धितोपत्र बोर्डका अनुसार बोर्डले यस अवधिमा १३ अर्ब ३४ करोड ८८ लाख ४९ हजार १०० रुपैयाँ बराबरको १३ करोड ३४ लाख ६ हजार ९५१ कित्ता शेयर बिक्री गर्न अनुमति दिएको छ । जसमध्ये रुरु जलविद्युत कम्पनीले ४ लाख ७ हजार ७०५ कित्ता शेयर २० रुपैयाँ प्रिमियम मूल्यमा बिक्री गर्न अनुमति पाएको हो भने अन्य सबै कम्पनीले अंकित मूल्य (प्रतिकित्ता) १०० रुपैयाँका दरले सर्वसाधारणबाट शेयर बिक्री वापत रकम संकलन गरेका हुन् ।

अनुमति पाएका १४ कम्पनीमध्ये १३ वटाले शेयर बिक्री गरी धितोपत्रको दोस्रो बजारमा सूचीकृत समेत गरिसकेका छन् । अन्तिम समयमा बैशाख ५ गते अनुमति पाएको मध्य भोटेकोशी जलविद्युत आयोजनाले भने स्थानीयलाई शेयर जारी गरिरहेकोमा कोभिड संक्रमणका कारण आईपीओ बिक्री बीचमा नै स्थगन गरेको छ । कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्न बाँकी छ ।

S.N Name of the company  Sector Public issue Size Public issue Amount Issue Manager
1 Nepal Infrastructure Bank  Banking 80,000,000 8,000,000,000 NIBL Ace Capital
2 Madhya Bhotekoshi Jalvidyut Company  Hydropower 15,000,000 1,500,000,000 Global IME Capital
3 Jyoti Life Insurance Company Insurance  6,600,000 660,000,000 NMB Capital
4 Reliance Life Insurance  Insurance  6,300,000 630,000,000 Sanima Capital
5  Prabhu Life Insurance  Insurance  6,000,000 600,000,000 Siddhartha Capital
6 Singati Hydro Energy  Hydropower 4,350,000 435,000,000 Mega Capital Markets
7 Greenlife Hydropower Hydropower 3,496,400 349,640,000 BOK Capital Market
8 General Insurance Company Nepal Insurance  3,000,000 300,000,000 NIBL Ace Capital
9 Sanima General Insurance Insurance  3,000,000 300,000,000 NIC Asia Capital
10 CEDB Hydropower Development Company Others 2,518,230 251,823,000 Sunrise Capital 
11 Chandragiri Hills  Others 1,840,910 184,091,000 Global IME Capital
12 Ru Ru Jalabidhyut Pariyoajana* Hydropower 815,411 89,695,100 NMB Capital
13 Mahila Laghubitta Bittiya Sanstha Microfinance 400,000 40,000,000 Nepal SBI Merchant
14 Samaj Laghubitta Bittiya Sanstha Microfinance 86,000 8,600,000 Siddhartha Capital
  Total amount   133,406,951 13,348,849,100  

यस अवधिमा नेपाल इन्फ्रास्टक्चर बैंकले सबैभन्दा धेरै ८ करोड कित्ता शेयर बिक्रीबाट ८ अर्ब रुपैयाँ संकलन गरेको छ भने समाज लघुवित्तले सबैभन्दा कम ८६ लाख रुपैयाँ सर्वसाधारणबाट उठाएको छ ।

यी बाहेक यस अवधिमा मध्यभोटेकोशीले १ अर्ब ५० करोड, ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोड, रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ करोड, प्रभु लाइफ इन्स्योरेन्सले ६० करोड, सिंगटी हाइड्रोपावरले ४३ करोड ५० लाख, ग्रीन लाइफ हाइड्रोपावरले ३४ करोड ९६ लाख ४०० रुपैयाँ, जनरल र सानिमा जनरल इन्स्योरेन्सले समान ३० करोडका दरले शेयर बिक्री गरेर सर्वसाधारणबाट रकम संकलन गरेका छन् ।

यस्तै सिइडिबी हाइड्रोपावरको २५ करोड १८ लाख, २३० रुपैयाँ, चन्द्रागिरी हिल्सले १८ करोड ४० लाख ९१ हजार, रुरु जलविद्युत कम्पनीले ८ करोड ९६ लाख ९५ हजार १०० रुपैयाँ, महिला लघुवित्तले ४ करोड रुपैयाँ प्राथमिक शेयर बिक्रीबाट सर्वसाधारणबाट संकलन गरेका छन् ।

एक् आर्थिक वर्षमा साढे १३ अर्बको शेयर सर्वसाधारणमा सहजै बिक्री गरी पूँजी बजारबाट कम्पनीहरुलाई आफ्नो उदेश्य परिपूर्ति गर्न स्रोत परिचालनका लागि समेत सघाउ पुगेको देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिँदा ब्याज तिर्नुपर्ने हुन्छ भने पब्लिक कम्पनीमा गएर शेयर बिक्रीबाट प्राप्त आम्दानीलाई भने कम्पनीले नाफा आर्जन गरेर मात्र लाभांश वितरण गर्न पाउने सुविधालाई कतिपयले कम्पनीहरुले भने नजअन्दाज गर्दै अझै पनि पब्लिकमा जान नचाहिरहेको देखिन्छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ जेष्ठ २०७८, सोमबार  १३ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।