नेपाल चेम्बर अफ कमर्स तथा नेपाल चिकित्सक संघबाट जेठ १६ देखि सुरु टेली मेडिसिन सेन्टरको परामर्श सेवाबाट दैनिक रुपमा ३०० जना सेवाग्राही लाभान्वित बनेका छन् ।
टेली मेडिसिन सेवाबाट स्वदेश तथा विदेशका गरी कोभिड तथा ननकोभिड बिरामीहरुले दैनिक रुपमा ३०० जनाले परामर्श सेवा प्राप्त गर्ने गरेको नेपाल चेम्वर अफ कमर्सले जनाएको छ ।
टेलिमेडिसिन सेन्टरको लागि नेपाल चेम्वर अफ कमर्सले मुख्य प्रायोजन गरेको छ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले दैनिक रुपमा ३०० जनाले सेवा प्राप्त गरेको बताउँदै आगामी दिनमा अन्य बिरामीहरुले पनि यस सेवा बाट परामर्श प्राप्त गर्न सक्ने र अस्पतालमा जान असमर्थ बिरामीहरुले यस सेवाबाट लाभान्वित हुने बताए ।
हाल नयाँ भेरियण्टको कोभिड-१९ महामारीको संक्रमण तीव्र रुपमा बढि रहेको सन्दर्भमा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि “सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौं” भन्ने अभियानमा साथ उक्त सेवा सुरु गरिएको थियो ।
यस केन्द्र सञ्चालनका लागि साल्ट टे«डिङ्ग कर्पोरेशन तथा ईश्वरलाल प्रतिष्ठानको पनि सह-प्रायोजन रहेको छ । यस केन्द्रबाट सेवा लिन इच्छुक व्यक्तीहरुले ‘मेरो डक्टर’ एप डाउनलोड गरी उक्त एपको प्रयोग सम्बन्धमा धधध।mभचयमयअतयच।अयmरजभउि मा गई आवश्यक जानकारी प्राप्त गर्ने व्यवस्था छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया