वाट्सएप, इमो मार्फत लट्री पर्यो भन्दै २ लाख ठगी गर्ने प्रहरीको नियन्त्रणमा

0
Shares

नेपाल प्रहरीले सामाजिक सञ्जाल वाट्सएप, इमो मार्फत लट्री परेकामे छ भन्दै ठगी गरेको अभियोगमा एकजनालाई नियन्त्रणमा लिएको छ ।

वाट्सएप, इमो मार्फत २५ लाखको लट्री पर्यो भन्दै पीडितहरुबाट २ लाख १० हजार रुपैयाँ रकम ठगी गरेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका–१८ बस्ने निरज कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका निरजले उक्त लट्री पठाउन ट्याक्स दिनुपर्छ भन्दै पीडितहरुलाई विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खाता, आइएमई, ई–सेवामा नगद जम्मा गर्न लगाएका थिए ।

उनी उपर ठगी कसूरमा आवश्यक कारवाही गर्नका लागि महानगरीय अपराध महाशाखमा दर्ता भएको जाहेरी दरखास्त÷निवेदन लागयतका कागजातहरु जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको महाशाखाले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ जेष्ठ २०७८, सोमबार  १८ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।