समृद्धि फाइनान्सको झण्डै १४ लाख कित्ता संस्थापक शेयर लिलामीमा 

0
Shares

समृद्धि फाइनान्सले असार ३ गतेदेखि झण्डै १४ लाख कित्ता संस्थापक शेयर लिलामी गर्ने भएको छ। 
 
कम्पनीले हकप्रद नबिकेको १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर असार १० गते बाट लिलामी खुला गर्ने जनाएको छ । कम्पनीले गत मंसिर हकप्रद शेयर विक्री खुला गरेको थियो।
 
लिलामीको शेयर खरीद गर्न योग्य व्यक्ति, कम्पनी तथा संघ संस्थाले असार ३ गतेदेखि असार १० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । 
 
आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।  यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तासम्म आवेदन दिन सकिन्छ भने अधिकतम शेयर संख्याका लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी दिएको छ । 
 
कम्पनीको शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
 
?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: २५ जेष्ठ २०७८, मंगलबार  ०८ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।