नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा लघुवित्तको आज हुने विशेष साधारण सभाले एक आपसमा गाभिने प्रस्ताव पारित गर्दै छन् । नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ति गरे पश्चात दुई संस्था एक हुने छन् ।
महिला सहयात्रा लघुवित्तको १०० कित्ता शेयर बराबर नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता शेयर अनुपातमा नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ति गर्न लागेको हो ।.png)
प्राप्ति लगायतका प्रस्ताव पारित गर्न मंगलबार दुबै कम्पनीले छुट्टा – छुट्टै स्थानमा साधारण सभा गर्न गर्दैछन् । नेशनल माइक्रोफाइनान्सले केन्द्रीय कार्यालय धादिङमा बिहान ११ बजे र महिला सहयात्राले कम्पनीको केन्द्रीय कार्यालय मकवानपुरमा बिहान ११ बजे साधारण सभा राखेका छन् । सभा भर्चृअल माध्यमबाट हुने कम्पनीले जानकारी दिएका छन्।
दुबै कम्पनीको विशेष साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका जेठ १७ गते बन्द भएको छ । यस आधारमा जेठ १६ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।
सभाले प्राप्तिपश्चात संस्थाको जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि हुने हुँदा सोहीअनुसार संस्थाको प्रबन्धपत्र संशोधन गरिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।
नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडले २०७७ माघ ८ गते महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने सहमति गरेको थियो । नेशनल माइक्रोफाइनान्सको चुक्तापूँजी २६ करोड ४० लाख रुपैयाँ छ । जसले ४३ वटा जिल्लाका ६५ वटा शाखा कार्यालयबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ भने महिला सहयात्रा लघुवित्तको चुक्तापूँजी ११ करोड छ। जसले विभिन्न १८ जिल्लामा सेवा दिँदै आएको छ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया