सुनचाँदीको मूल्यमा मंगलबार सामान्य बढोत्तरी

0
Shares

मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलाको ३०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार मंगलबारका लागी छापावाला सुनको भाउ तोलाको ९४ हजार १०० रुपैयाँ, तेजावी ९३ हजार ६०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३५५ रुपैयाँ कायम गरिएको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ तेजावी ९३ हजार ३०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबारको तुलनामा सोमबार सुन तोलाको ३०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेर कारोबार भएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ जेष्ठ २०७८, मंगलबार  ११ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।