
नेपाल प्रहरीले ७९ हजार १ सय २० रुपैयाँ र ३ बुक तास सहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ ।
बुढानिलकण्ठ नगरपालिका–१० बालुवाखानी ज्योतीनगर बस्ने दिपा कार्कीको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–२५ न्यूरोड बस्ने धादिङ धुनीबेसी नगरपालिका–२ घर भएका ३३ वर्षीय सुरेन्द्र खकुरेल लगायत ५ जनालाई सोमबार दिउँसो प्रहरीले गरेको हो ।
उक्त घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद र तास सहित सहित पक्राउ गरेको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया