
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ५ हजार १५३ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १२ हजार ६५ पीसीआर परीक्षणमा ३ हजार ८७० र ५ हजार ६११ एन्टिजेन परीक्षणमा १ हजार २८३ जना गरी कुल ५ हजार १५३ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ११ हजार ३०८ पुगेको छ । जसमध्ये देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ६ हजार ५७० जना संक्रमण मुक्त बनेका छन् । यो सँगै नेपालमा कुल निको हुनेको संख्या ५ लाख ४५ हजार ३० जना पुगेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १०८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण ८ हजार ९८ जनाको मृत्यु भएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया