स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्नो संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
लघुवित्तले १ लाख ९० हजार ६५१ कित्ता संस्थापक समूहको शेयर बिक्री गर्ने भएको हो ।
शेयरको न्यूनतम मूल्य ७५१ रुपैयाँ तोकिएको हुँदा सो भन्दा बढी मूल्य अंकित गरि शेयर खरिद गर्नुपर्ने बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ ।
उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संसथापक वा जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाहरुले जेठ २६ गतेदेखि असार २९ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् ।
क्यापिटलका अनुसार उक्त शेयर खरिद गर्दा न्यूनतम १ हजार कित्तका लागि आवेदन दिनुपर्नेछ आवेदकले नेपाल राष्ट्र बैंकबाट संस्थापक शेयरधनीका लागि तोकिएको फिट एण्ड पर्पर टेस्टको विवरण, कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश नभएको प्रमाणीत हुने कागजात, आयश्रोत खुल्ने कागजको प्रतिलिपि, प्यान नं प्रमाणपत्रको प्रतिलिपि, पछिल्लो आवको कर चुक्ता प्रमाणपत्र वा कर दाखिला गरेको निस्साको प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।
आवेदन फारम हिमालयन क्यापिटल कर्मचारी सञ्चयकोष भवन, ठमेलबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।





प्रतिक्रिया