पछिल्लो २४ घण्टामा ३ हजार ७४९ संक्रमित, ५ हजार २९३ संक्रमण मुक्त

0
Shares


नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ७४९ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल ९ हजार ९०१ नमुनाको पीसीआर परीक्षणमा २ हजार ८७४ र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ । जसमध्य ७७ हजार ८५८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ५ हजार २९३ जना संक्रमण मुक्त बनेका छन् । यो संगै हालसम्म ५ लाख १५ हजार ५९१ जना संक्रमणमुक्त भएका छन्

त्यस्तै पछिल्लो २४ घण्टामा ५९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको मन्त्रालयले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०७८, बिहिबार  १७ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।