नेपाल प्रहरीले सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौं महानगरपालिका–५ भाटभटेनी चोकमा रहेको बैंकको एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा डडेलधुराका २१ वर्षीय दिनेश क्षेत्रीलाई बुधबार राति पक्राउ गरेको हो ।
उक्त बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा चोरीमा प्रयोग हुने औजार सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया