शुक्रबार बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

0
Shares

शुक्रबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको ६०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ५०० रुपैयाँ , तेजावी ९४ हजार रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३७० रुपैयाँ कायम गरिएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ३०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार ९०० रुपैयाँ, तेजावी ९३ हजार ४०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०७८, शुक्रबार  ११ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।