राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिन शुक्रबार अन्तिम दिन

0
Shares

राष्ट्रिय वाणिज्य बैंकले जेठ २५ गतेदेखि निष्काशन गरेको साढे २ अर्बको अर्बको ‘८.५ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८३’ मा आवेदन दिने शुक्रबार अन्तिम दिन रहेको छ ।

ऋणपत्र खरिदका लागि शुक्रबार कार्यालय समयभित्र राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि(आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

यस ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । बैंकले ८.५ प्रतिशत व्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गर्नेगरी ६ वर्ष अवधिको उक्त ऋणपत्रको इकाई बिक्रीमा ल्याएको थियो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ प्रतिकित्ताको दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरका २५ लाख कित्ता निष्काशन गरेको थियो । निष्काशित कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई बिक्री गरिने र सो का लागि ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक “एनआईबिएल एस क्यापिटल लिमिटेड” र निष्काशनकर्ता कम्पनी “राष्ट्रिय वाणिज्य बैंक लिमिटेड”को आपसी सहमतिमा बिक्री वितरण गरेको छ ।

सर्वसाधारणका लागि छुट्याईएको ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारणमा सार्वजनिक निष्काशन गरेको हो ।

बैंकको यस ऋणपत्रलाई केयर रेटिङ्ग नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा प्रर्याप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा रहेको संकेत गर्ने केयर एनपी एप्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको विवरणपत्र बैंकको वेबसाइटमा समेत राखिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०७८, शुक्रबार  ११ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।