पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा संक्रमण पुष्टि, ३ हजार ९९४ संक्रमण मुक्त

0
Shares


नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २ हजार ४०७ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १२ हजार ४०६ जनामा परीक्षणमा पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै अहिले देसभरमा सक्रिय संक्रमितको संख्या ६८ हजार ९५५ रहेको छ ।

जसमध्ये ६४ हजार ७४४ जना होम आइसोलेसनमा र ५ हजार २११ संस्थागत आइस्योलेसनमा रहेका छन् ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३ हजार ९९४ जना संक्रमण मुक्त बनेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० जेष्ठ २०७८, आइतबार  १७ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।