प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्थगित भएको साधारण सभा पुनः आह्वान भएको छ ।
कम्पनीले असार ६ गते, आइतबार होटल इच्छा प्राइभेट लिमिटेड सिमरा, बारामा बिहान ११ बजे उन्नाइसौं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीले यसअघि जेठ २ गते नै सभा आह्वान गरेपनि विश्वव्यापी महामारी कोडिडको दोस्रो संक्रमण फैलिएपछि सभा स्थगित गरिएको थियो ।
उन्नाइसौं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको कम्पनीको चुक्ता चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.४२ प्रतिशत गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै सभामा संस्थापक शेयर स्वामित्व घटाएर ५१ प्रतिशतमा झार्ने तथा सर्वसाधारण शेयर स्वामित्व बढाएर ४९ प्रतिशत पुर्याउने प्रस्ताव गरिएको छ । हाल कम्पनीमा संस्थापक शेयरधनीहरुको स्वामित्व ६० प्रतिशत र सर्वसाधारण शेयरधनीहरुको स्वामित्व ४० प्रतिशत छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया