युनियन हाइड्रोपावर कम्पनी लिमिटेडका शेयरधनीले लाभांश नपाउने भएका छन् ।
कम्पनीले बिना लाभांश असार २५ गते आह्वान गरेको दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभामा लाभांशको प्रस्ताव गरेको छैन ।
कम्पनीको १३ औं र १४ औं वार्षिक साधारण सभा जेठ २३ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुर ३ धोबिघाटमा बिहान ११ बजे सभा बोलाएको छ ।
सभामा सञ्चालकहरूको निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन गर्ने र कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्ताव रहेको छ ।
यसैगरी सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, लेखापरीक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण लगायतका एजेण्डाहरू छलफल गरी पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १५ गतेदेखि शेयर दाखिला खारेजी (बुकक्लोज) गर्ने निर्णय गरेको छ । यसअनुसार असार १४ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा प्रतिनिधित्व सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया