
असार महिनाको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य स्थीर बनेपनि चाँदीको मूल्यमा भने गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य स्थीर बनेपनि चाँदीको तोलाको १० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार मंगलबारका लागि लागि छापावाला सुनको भाउ तोलाको ९३ हजार २०० रुपैयाँ, तेजावी ९२ हजार ७०० रुपैयाँ र चाँदीको भाउ १ हजार ३५५ रुपैयाँ कायम गरिएको छ ।
सोमबार सुन सोही मूल्यमा कारोबार भएपनि चाँदी प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया