नेप्सेमा ८१ अंकको वृद्धिपछि मंगलबार सामान्य करेक्शन, साढे १६ अर्बको शेयर कारोबार

0
Shares

नेप्सेमा आइतबार र सोेमबारको वृद्धिपछि मंगलबार शेयर बजारमा मंगलबार सामान्य करेक्शन आएको छ ।

मंगलबार नेप्से ३.७२ अंकले घटेर ३०२२. ११ बिन्दुमा बन्द भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ सूचक भने ०.२५ अंकले बढेर ५५०.२६ बिन्दुमा बन्द भएको छ ।

आज कूल २२६ कम्पनीको ३ करोड ९ लाख ४८ हजार ८५३ कित्ता शेयर १ लाख ६४ हजार ७९० पटक खरिद बिक्री हुँदा कारोबार रकम १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७३८ रुपैयाँ पुगेको छ ।

सोमबार नेप्से ४२.७२ अंकले बढेर ३०२५.८३ बिन्दुमा पुग्दा कारोबार रकम हालसम्मकै उच्च १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँ पुगेको थियो ।

अन्य समुहको सूचकमा सर्वाधिक बढोत्तरी

मंगलबार कारोबारमा आएका १३ समूहका सूचकमध्ये ५ वटा समूहको सूचक बढेको छ भने ८ वटाको घटेको छ । आज अन्य समुहको सूचकमा सर्वाधिक बढोत्तरी भएको छ । अन्यको सूचक ३.९९ प्रतिशतले बढेको हो ।

यसैगरी लगानी, होटल तथा टुरिजम्, र उत्पादन तथा प्रशोधनको सूचक १ प्रतिशत धेरैले बढेको छ । उता विकास बैंकको सूचक ४.४२ प्रतिशतले घटेको छ । यसैगरी फाइनान्स ३.२९ प्रतिशत र जलविद्युतको सूचक २.८० प्रतिशतले घटेको छ ।

नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

मंगलबार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । पुनर्बीमाको ७६ करोड १२ लाख रूपैयाँ बराबरको कारोबार भएको हो । यसैगरी हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनीको ५२ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

हिमालयन डिष्टीलरीको ४२ करोड, अरूण भ्याली हाइड्रोपावर र नेशनल हाइड्रोपावरको ३४ करोड, लुम्बिनी विकास बैंकको ३२ करोड, अपि पावर कम्पनीको ३० करोड, नेपाल बैंकको २८ करोड र कामना सेवा विकास बैंक र नेपाल इन्स्योरेन्स कम्पनीको २७ करोड धेरै कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2021-06-15 15:00:00
NRIC 761,205,821.00 1,930.00
HIDCL 522,478,894.00 437.00
HDL 420,150,371.00 5,736.00
AHPC 344,416,882.00 538.00
NHPC 340,777,832.00 320.00
LBBL 323,511,898.00 655.00
API 303,767,482.00 449.00
NBL 284,079,031.00 459.00
KSBBL 272,453,166.00 594.00
NICL 272,122,056.00 1,183.0

तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

मंगलबारको बजारमा तीन कम्पनीहरुले सिइडिबी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, युनियन हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यसैगरी हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी र ओरियन्टल होटलको मूल्य ५ प्रतिशत धेरैले बढ्दा नेपाल टेलिकम, हिमालयन डिष्टीलरीको ४ प्रतिशतभन्दा धेरै बढेको छ भने प्रुडेन्सियल इस्योरेन्स, नेपाल इन्स्योरेन्स कम्पनी र नेपाल पुनर्बीमा कम्पनीको ३ प्रतिशत धेरैले मूल्य बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-06-15 15:00:00
CHDC 667.00 60.00 9.88
KKHC 302.00 27.00 9.82
UNHPL 404.00 36.00 9.78
HIDCL 437.00 23.00 5.56
OHL 617.00 32.00 5.47
NTC 1,334.00 63.00 4.96
HDL 5,736.00 241.00 4.39
PICL 961.00 33.00 3.56
NICL 1,183.00 39.00 3.41
NRIC 1,930.00 62.00 3.32

छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट

मंगलबार छ्याङ्दी हाइड्रोपावरको शेयरमा लगानी गरेकाले सबैभन्दा धेरै गुमाएका छन् ।

यसैगरी लिबर्टी इनर्जीको ७.०२ प्रतिशत तथा बरूण हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स, रैराङ्ग हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट फाइनान्स, नेपाल हाइड्रो डेभलपर्स, सेन्ट्रल फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्सको मूल्य ६ प्रतिशत धेरैले घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-06-15 15:00:00
CHL 496.00 -52.00 -9.49
LEC 424.00 -32.00 -7.02
BARUN 600.00 -45.00 -6.98
GMFIL 539.00 -40.00 -6.91
RRHP 433.00 -31.00 -6.68
SIFC 512.00 -36.00 -6.57
NHDL 481.00 -33.00 -6.42
CFCL 460.00 -30.00 -6.12
SAPDBL 385.00 -25.00 -6.10
SFCL 424.00 -27.00 -5.99

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १ असार २०७८, मंगलबार  १६ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।