सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्का

0
Shares

सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पवन कुमार खड्का नियुक्त भएका छन्

कम्पनी सञ्चालक समितिको जेठ ३१ गते सम्पन्न बैठकले कम्पनीका निमित्त प्रमुख कार्यकारी खड्कालाई प्रमुख खत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गरेको हो ।

सञ्चालक समितिको बैठकले खड्कालाई असार १ गतेदेखि लागू हुने गरी ४ वर्षे कार्यकालको लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

कम्पनी सञ्चालक समितिको जेठ १३ गते सम्पन्न बैठकले प्रमुख कार्यकारी अधिकृतमा खड्काको नाम प्रस्ताव गरि स्वीकृतिका लागि बीमा समितिमा पठाएको थियो ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डको राजीनामा सञ्चालक समितिले स्वीकृतीसँगै खड्कालाई मंसिर १ देखि लागू हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । खड्का सो भन्दाअघि कम्पनीमा नायब महाप्रबन्धकको जिम्मेवारीमा थिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १ असार २०७८, मंगलबार  १६ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।