नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
लघुवित्तको जेठ ३० गते बसेको सञ्चालक समितिको ७४ बैठकले असार २१ गते सोमबार डाकेको हो । साधारण सभा सिटिस्क्वेयर प्रा.लि. न्यूरोड, पोखरा कास्कीमा बिहान ९ बजेबाट सञ्चालन हुनेछ ।
सभामा संस्थापक तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने, ४ लाख २१ हजार ८०१ रुपैयाँ नगद लाभांश र चुक्ता पूँजीको १४ प्रतिशत अर्थात १०० कित्ता शेयर बराबर १४ कित्ता बोनस शेयर वितरण गर्ने प्रस्तावहरु पारित गरिने छ ।
त्यसैगरी नेपाल एग्रो लघुवित्तलाई इन्फिनिटी लघुवित्तले गर्ने प्राप्तिका सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रास्तुत गर्ने प्रतिवेदन उपर छलफल गर्ने, भविष्यमा अन्य वित्तीय संस्थालाई गाभ्ने, गाभिने वा प्राप्तिका लागि सम्झैता गर्ने प्रस्तावहरु पारित हुनेछ ।
नेपाल एग्रो लघुवित्तलाई इन्फिनिटी लघुवित्तले प्राप्ती गरेपछि लघुवित्तको नाम इन्फिनिटी लघुवित्त वित्तीय संस्था रहनेछ भने लघुवित्त मर्जर पछि संस्थाको कुल चुक्ता पूँजी ३२ करोड, ५९ लाख ८ हजार ६६४ पुग्नेछ ।
साधारण सभा तथा लमभांश वितरण प्रयोजनका लागि लघुवित्तले असार ८ गते बुकक्लोज मिति तोकेको छ । तसर्थ बुकक्लोज भन्दा अघिल्लो दिन सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा उपस्थित हुन तथा लाभांश प्राप्त गर्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया