
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २ हजार ७४५ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल ७ हजार ४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६८१ जना र ५ हजार ८४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ६४ जना गरी कुल २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ४ हजार १८७ जना संक्रमण मुक्त बनेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया