
जल तथा मौसम विज्ञान विभागको बढी पुर्वाअनुमान महाशाखाले वर्ष सुरुवात भएसँगै देशका विभिन्न ठूला, मझौला तथा साना नदीहरुमा बहाब बढ्ने भएकाले सर्तकता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले बुधबार कालिगण्डकी, भेरी, र यसका सहायक नदी जलाधार, पश्चिम राप्ती, तिनाउ, र बबईका बहाब बढ्ने र सर्तकता तहसम्म पुग्ने भएकाले विशेष सर्तकर्ता अपनाउन आग्रह गरेका छन् ।
आगामी तीन दिन पश्चिम राप्ती, बबई र भेरी र यसका सहयाक जलाधार लगायत गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूर पश्चिम प्रदेशको चुरे र तराई भूभाग भएर बग्ने साना नदीमा बहाव बढ्ने र आकस्मिक बहाव बढ्ने भएकाले जनाएको छ ।
यसैगरी गण्डकी प्रदेशको गोरखा, मनाङ, लमजुङ्ग, कास्की, पर्वत, बागलुङ्ग, म्याग्दी, तनहुँ, स्याङ्जा, तनहुँ र नवलपुर तथा लुम्निी प्रदशेको परासी, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुम र कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट जिल्ला भई बहने बहाव उल्लेख्य बढ्ने भएकाले सर्तकता आसपास पुग्नसक्ने पुर्वानुमान रहेकाले सना नदिको तटिय क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराईको चुरे भूभाग भएर बग्ने साना नदीमा बहाव बढ्ने जनाएको छ ।
महाशाखाले बुधबार नारायणी, कर्णाली, र महाकाली तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ र दार्चुला आसपास जिल्ला भई बहने नदीहरुमा बहाव सतर्कता आसपास रहने अनुमान महाशाखाको छ ।
महाशाखाले केही नदीहरुमा आकस्मिक वहाव भई सतर्कता तह पुग्ने रहेकोले साना नदी तटिय क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया