एशियन लाइफ इन्स्योरेन्सको साढे १ लाख कित्ता संस्थापक शेयर लिलामी खुल्यो

0
Shares

महालक्ष्मी विकास बैंक (MLBL) ले आफ्नो स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

बैंकले असार ३ गतदेखि १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक शेयर बोलकबोल मार्फत बिक्री गर्ने भएको हो ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार इन्स्योरेन्सको न्यूनतम मूल्य प्रतिकित्ता ६२८ रुपैयाँ तोकिएको हुँदा सो भन्दा बढी मूल्य अंकित गरि बोलकबोल गर्नुपर्ने जनाएको छ ।

उक्त संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले असार ३ गतेबाट असार ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वो सो भन्दा माथी जतिपनि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

आवेदन फारम सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर नक्साल काठमाण्डौंबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ ।

शिलबन्दी बोलपत्र असार १० गते क्यापिटलको कार्यालयमा खोलिने उल्लेख छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ असार २०७८, बुधबार  १६ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।