एशियन लाइफको १ लाख ६६ हजार कित्ता शेयर लिलामीमा

0
Shares

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक शेयरको लिलामी बिक्री खुला भएको छ ।

महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको उक्त शेयर बिहीबारदेखि लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो ।

लिलाम बढाबढ मार्फत उक्त शेयर खरीदका लागि न्यूनतम मूल्य प्रतिकित्ता ६२८ रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने हुन्छ । बोलपत्र पेश गर्ने अन्तिम दिन असार ९ गतेसम्म रहेको छ ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संस्थाले आवेदन दिन सक्नेछन् । बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

यस शेयरको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ असार २०७८, बिहिबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।