अब टिकटकमा ३ मिनेट सम्मको भिडियो बनाउन सकिने

0
Shares

सर्वाधिक रुचाइएको भिडियो शेयरिङ एप टिकटकमा अबदेखि प्रयोगकर्ताले तीन मिनेटसम्मको भिडियो अपलोड गर्न सक्ने भएका छन् ।

अहिलेसम्म टिकटक प्रयोगकर्ताहरुले १५ सेकेन्डदेखि एक मिनेटसम्मको भिडियो मात्रै अपलोड गर्न सकिने सेवा रहेको थियो । टिकटकले अब भने तीन मिनेटका भिडियो बनाएर राख्न सक्नेगरी फिचर ल्याएको हो । यसमा तीन मिनेटसम्मको फिल्म ट्रेलर र गीतहरु पनि राख्न सकिने छ ।

नयाँ सेवा प्राप्त गर्नका लागि एप अपडेट गर्नुपर्ने बताइएको छ । नयाँ सेवा शुरुपछि प्रयोगकर्तालाई अझै बढी भिडियो अपलोड र कन्टेन्ट ल्याउनका लागि प्रोत्साहित गर्ने टिकटकले जनाएको छ ।

टिकटक युवा पुस्तामा पछिल्लो समय सर्वाधिक रुचाइएको भिडियो शेयरिङ एप हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ असार २०७८, बिहिबार  १६ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।