दूरसञ्चार तथा इन्टरनेट सेवामा समस्या देखिएमा जानकारी गराउन प्राधिकरणको आग्रह

0
Shares

नेपाल दूरसञ्चार प्राविधिरणले दूरसञ्चार तथा इन्टरनेट सेवामा समस्या देखिएमा प्राधिकरणमा जानकारी गर्न आग्रह गरेको छ ।

प्राधिकरणले देशभर आएको बाढी तथा पहिरोको कारणले दूरसञ्चार तथा इन्टरनेट सेवाको पूर्वाधारमा कुनै पनि किसिमको क्षति नभएको जानकारी गराउँदै कुनै क्षेत्रमा त्यस्ता समस्या आएमा जानकारी गराउन आग्रह गरेको हो ।

बाढी तथा पहिरोको कारणले प्रभावित क्षेत्रमा विद्युत अवरुद्ध भई देशका विभिन्न स्थानमा दूरसञ्चार तथा इन्टरनेट सेवा सञ्चालनमा केही समस्या देखिएकाले सेवा प्रदायकहरुले सेवा सुचारु राख्न सक्दो कोसिस गरिरहेको प्राधिकरणले जानकारी गराएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ असार २०७८, बिहिबार  १७ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।