
इ-कमर्स प्लाटफर्म दराजको ‘बैंक डेज अफर’मा थप तीनवटा बैंक समावेश भएका छन् ।
नेपालको अग्रणी अनलाइन बजार, दराजले सुरुवातका चार अन्य साझेदार बैंकहरूका साथ ‘बैंक डेज अफर’ सुरु गरेकोमा पछिल्लो पटक बिहीबार तीन वाणिज्य बैंकहरु समावेश गरिएको हो । बिहीबारदेखि ‘बैंक डेज अफर’ मा माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालयन बैंक थपिएका हुन् ।
बिहीबारदेखि तीन प्रमुख नेपाली बैंकहरु माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरी पुनः बैंक डेज अफर सुरु गरेको जनाएको छ । ‘बैंक डेज अफर’ मार्फत थपिएका तीनवटै बैंकहरुका ग्राहकले बिहीबार दराज एपमार्फत सामान खरीद गरी कार्ड मार्फत प्रि पेमेन्ट गरेमा १५ प्रतिशत वा ५०० रुपैयाँसम्मको छुट पाउन सक्ने पनि दराजले जनाएको छ ।
दराज बैंक डेज मार्फत ग्राहकहरुले हप्ताभरी दराजका अन्य साझेदार बैंकहरुबाट समेत छूटको मजा लिन सक्नेछन् । यसअघि नै सानिमा बैंक, एनआईसी एशिया बैंक, नबिल बैंक, र स्टाण्डर्ड चार्टर्ड बैंक गरी चार बैंक ‘बैंक डेज अफर’ मा सहभागी रहेका थिए । बिहीबार तीन बैंक थपिएसँगै आबद्ध बैंकहरुको संख्या ७ पुगेको छ ।
बैंक डेज अफर’ अन्तर्गत माछापुच्छे बैंक, मेगा बैंक र हिमालयन बैंकका कार्डधारकहरूले हरेक बिहीबार दराज एप मार्फत सामान खरीद गर्दा छुट पाउनेछन् । जसअन्तर्गत माछापुच्छे बैंकको डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत वा अधिकतम ५०० सम्मको छुट पाउनेछन् भने क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यसैगरी मेगा बैंकको ग्राहकले डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत वा अधिकतम ५०० सम्मको छुट पाउनेछन् भने क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत वा अधिकतम ५०० सम्मको छुट पाउनेछन् । हिमालयन बैंकको ग्राहकले प्रिपेड र क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्मको छुट प्राप्त गर्नसक्ने उल्लेख छ ।
यस्तै दराज बैंक डेज अफर अन्तर्गत, ग्राहकहरु हप्ताभरि दराजका अन्य साझेदार बैंकहरुबाट उस्तै छूटको मजा लिन सक्नेछन् ।
सानिमा बैंकको क्रेडिट कार्डबाट भुक्तानीमा सोमबार १५ प्रतिशत वा अधिकतम ५०० सम्मको छुट तथा डेबिट कार्ड भुक्तानमा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्मको छुट पाउने दराजले जनाएको छ ।
एनआईसी एशिया बैंकको ग्राहकले बुधबार खरीद गर्ने सामानको भुक्तानी क्रेडिट कार्डबाट गरेमा १५ प्रतिशत वा अधिकतम ५०० सम्मको छुट तथा डेबिट कार्ड भुक्तानमा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्मको छुट पाउनेछन् ।
शुक्रबार नबिल बैंक मार्फत १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट पाउनेछन् भने शनिबार स्टाण्डर्ड चार्टर्ड बैंकबाट मार्फत १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट पाउनेछन् ।
अनलाइन भुक्तानीको लागि सक्रिय क्रेडिट र डेबिट कार्ड मात्र यस प्रस्तावको लागि योग्य हुने जनाइएको छ । यसबाहेक, कार्ड सक्रिय नभएमा ग्राहकहरुले दराज एपमा गई बैंकहरुले दिएको चरणहरू अनुसरण गर्न सक्नेछन् । त्यसैगरी इच्छुक ग्राहकहरूले अब माथि उल्लेखित कुनै पनि बैंकको क्रेडिट कार्डको लागि पनि आवेदन दिन सक्ने दराजले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया