सस्तिँदै सुनः शुक्रबार तोलाको १ हजार २०० रुपैयाँले घट्यो

0
Shares


नेपाली बजारमा सुन चाँदी दुबैको मूल्य शुक्रबार पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला १ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलाको ३५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ, तेजावी ९० हजार ३०० रुपैयाँ र चाँदीको भाउ १ हजार ३०५ रुपैयाँ कायम गरिएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला प्रतितोला १ हजार १०० रुपैयाँले घटेर ९२ हजार रुपैयाँ, तेजावी सुन ९१ हजार ५०० रुपैयाँ र चाँदी तोलाको २० रुपैयाँले घटेर १ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

जेठ २८ गते शुक्रबारको तुलनामा एक सातामा नै सुनको भाउ तोलामा ३ हजार ७०० रुपैयाँ तथा चाँदीको मूल्य ६५ रुपैयाँले घटिसकेको छ । गत शुक्रबार सुन तोलाको ९४ हजार ५०० रुपैयाँ र चाँदी १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ असार २०७८, शुक्रबार  ११ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।