निजी डेरीले पाए अत्यावश्यक सेवासरह ढुवानी प्रतीकचिह्न

0
Shares

निजी क्षेत्रको डेरी उद्योगले दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिह्न पाएका छन् ।

राष्ट्रिय दुग्ध विकास बोर्डले पहिलो पटक काभ्रेको हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टरलाई ढुवानी लोगो दिएको हो । यसअघि बोर्डले बुधबार सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) का गाडीमा लोगो प्रयोग गर्न आधिकारिकता प्रदान गरेको थियो ।

बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले विभिन्न उद्योगबाट लोगो प्रयोगका लागि माग भएबमोजिम प्रक्रिया पु¥याएर लोगो वितरण गरिएको जानकारी दिए । उनका अनुसार पहिलो चरणमा संस्थानलाई लोगो प्रयोगको अनुमति दिइएको हो ।

संस्थानपछि क्रमशः प्रक्रियासहित निवेदन आएका निजी क्षेत्रका डेरी उद्योगहरुलाई मागका आधारमा लोगो हस्तान्तरण गर्दै जाने योजना रहेको जनाइएको छ ।

अब लोगो अङ्कित गाडी निषेधाज्ञा वा अन्य आपत्कालीन अवस्थामा पनि बिना अवरोध नेपालभर आवतजावत गर्न पाउनेछन् ।

दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्नेसम्बन्धी कार्यविधि, २०७७ बमोजिम बोर्डमा आएका निवेदन अनुसार परीक्षण गरी लोगो उपलब्ध गराइएको कार्यकारी निर्देशन यादवले जानकारी दिए ।

सरकारले दूध तथा दुग्धजन्य पदार्थको ढुवानीलाई अत्यावश्यक सेवामा राखेको र उक्त सवारी साधनलाई पहिचान खुल्ने गरी लोगो प्रदान गरिएको यादवले जानकारी दिए ।

यसअघि किसानको गोठमा उत्पादित दूधलाई सकेसम्म छिटो चिस्यान केन्द्रमा पु¥याउँदा चिस्यान कायम गर्नुपर्ने भएकाले दूधका गाडी देशभर आवातजावत गर्दा कोरोनाको निषेधाज्ञा र बन्द जस्ता कार्यक्रममा अवरोध हुने गरेको थियो ।

ढुवानीमा कुनै रोकावट भएमा दूधको तापक्रम कायम राख्न नसकिने र यसबाट दूधको गुणस्तरमा ह्रास हुने भएकाले बोर्डले लोगोको अवधारणा अगाडि सारेको थियो ।

गत चैत १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रयोग हुने लोगो (प्रतीक चिह्न) को सार्वजनिक अनावरण गर्नुभएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ असार २०७८, शनिबार  ०८ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।