एनआईसी एशिया बैंकले ४ कम्पनीको न्यूनतम २८ करोडको शेयर बिक्री गर्दै

0
Shares

एनआईसी एशिया बैंक (NICA) ले आफ्नो स्वामित्वमा रहेको चार कम्पनीको संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले चार कम्पनीको शेयर बिक्रबाट न्यूनतम २८ करोड रुपैयाँ आर्जन गर्नेछ ।

बैंकले नेशनल लाइफ इन्योरेन्स, महुली लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स र आरएमडिसी लघुवित्तको संस्थापक शेयर लिलामी मार्फत बिक्रीमा ल्याएको हो। ।

बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाईफ इन्स्योरेन्सको ४० हजार ६९६ कित्ता,महुली लघुवित्त वित्तीय संस्थाको ५५ हजार ५७० कित्ता, मेरो माइक्रोफाइनान्सको ५९ हजार ६६८ कित्ता र आरएमडिसी लघुवित्तको ८६ हजार १९५ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको हो ।

उक्त शेयर खरीदका लागि विद्यमान संस्थापक शेयर वो जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । आवेदन फारम एनआईसी एशिया क्यापिटलबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ ।

महुली लघुवित्तको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७६८ रुपैयाँ र नेशनल लाईफ इन्स्योरेन्सको शेयरको न्यूनतम मूल्य ४४४ रुपैयाँ तोकिएको छ । त्यस्तै मेरो माइक्रोफाइनान्सको शेयरको न्यूनतम मूल्य ५७५ रुपैयाँ र आरएमडिसी लघुवित्तको शेयरको न्यूनतम मूल्य ५७५ रुपैयाँ तोकिएको छ।

इच्छुकले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्यमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र असार ६ गते आइतबारदेखि असार ११ गते शुक्रबारसम्म पेश गर्न सकिन्छ ।

यी चार कम्पनीको शेयर न्यूनतम बोलकबोल मूल्यमा बिक्री हुँदा बैंकले २७ करोड ९२ लाख ७० हजार ८९९ रुपैयाँ प्रिमियल संकलन गर्नेछ ।

बैंकले नेशनल लाईफ इन्स्योरेन्सको शेयर बिक्रीबाट १ करोड ८० लाख ६९ हजार २४ रुपैयाँ, महुली लघुवित्तको शेयर बिक्रीबाट ४ करोड २६ लाख ७७ हजार ७६० रुपैयाँ, आरएमडिसी लघुवित्तको शेयरबिक्रीबाट १८ करोड ४२ लाख १५ हजार १५ रुपैयाँ र मेरो माइक्रोफाइनान्सको शेयरको बिक्रीबाट ३ करोड ४३ लाख ९ हजार एक सय रुपैयाँ आम्दानी गर्नेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ असार २०७८, आइतबार  ०८ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।