नबिल बैंकले स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बेच्दै, न्यूनतम मूल्य कति ?

0
Shares

नबिल बैंक लिमिटेड (NABIL) ले आफ्नो स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

बैंकले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ९० हजार ६५३ कित्ता शेयर असार ६ गते आइतबारदेखि लिलामी बिक्रीमा ल्याएको हो ।

उक्त लिलामी शेयरमा लघुवित्तको विद्यमान संस्थापक शेयरधनी वा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

न्यूनतम मूल्य प्रतिकित्ता ७५० रुपैयाँ तोकिएको उक्त लिलामी शेयर खरीदका लागि न्यूनतम मूल्य वा सोभन्दा बढी प्रतिस्पर्धात्मक मूल्यमा असार १५ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्न सकिने व्यवस्था छ ।

बोलपत्र पेश गर्दा न्यूनतम १००० कित्तादेखि लिलामीमा ल्याइएको अधिकतम सम्पूर्ण कित्ताका लागि माग गर्न सकिनेछ ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम प्राप्त गर्न र बुझाउन सकिकनेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ असार २०७८, आइतबार  ०९ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।