पछिल्लो २४ घण्टामा २ हजार ४४२ संक्रमित, ५१ जनाको मृत्यु

0
Shares


नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २ हजार ४४२ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ४२१ र ४ हजार २४९ एन्टिजेन परीक्षणमा १ हजार २१ जना गरी २ हजार ४४२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ५४८ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौँमा ४५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३ हजार ४५६ जना संक्रमण मुक्त बनेका छन् । यससँगै हालसम्म ५ लाख ५६ हजार ७९८ जनाले कोरोना संक्रमण जितेका छन् । संक्रमितको निको हुने दर बढेर ८९.६० प्रतिशत पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै कोभिड महामारीका कारण नेपालमा ८ हजार ७२६ जनाको मृत्यु भैसकेको मन्त्रालयको तथ्याङ्क छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ असार २०७८, आइतबार  १७ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।